Online Nepal
  • आइतबार, २० असोज २०८१
  • ट्याक्टरले ठक्कर दिंदा ड्युटिमा खटिएका ट्राफिक प्रहरीका सई पौडेलको घटनास्थलमै मृत्यु

    ट्याक्टरले ठक्कर दिंदा ड्युटिमा खटिएका ट्राफिक प्रहरीका सई पौडेलको घटनास्थलमै मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 1.6K
    SHARES

    चितवन । डिउटीमा खटिएका बेला ट्याक्टरले ठक्कर दिंदा एक ट्राफिक प्रहरीको निधन भएको छ ।

    भरतपुर महानगरपालिकास्थित जयनेपाल चोकमा खटिएका सई अर्जुन पौडेललाई ट्याक्टरले ठक्कर दिंदा उनको घटनास्थलमा नै उनको मृत्यु भएको हो ।



    जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनमा कार्यरत पौडेलको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।



    बिहिबार राति महेन्द्रचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना४त ८८२९ नम्बरको ट्याक्टरले पौडेललाई ठक्कर दिएको हो।

    ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार