Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • युक्रेनी राष्ट्रपतिले गरे एक्लाएक्लै वार्ताको प्रस्ताव, जवाफमा पुटिनले के भने ?

    युक्रेनी राष्ट्रपतिले गरे एक्लाएक्लै वार्ताको प्रस्ताव, जवाफमा पुटिनले के भने ?

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य अतिक्रमणको बचाउ गर्दै योजनाअनुसार अगाडि बढिरहेको बताएका छन्।

    रुस र युक्रेनका नागरिक एउटै भएको तर्क गर्दै उनले पश्चिमाहरूले युक्रेनलाई रुसविरोधी बनाउने प्रयास गरेको आरोप समेत लगाए। यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई एक्लाएक्लै वार्तामा बस्न आह्वान गरेका थिए।



    मानवीय सङ्कट गहिरिँदै गर्दा जेलेन्स्कीले संवादले मात्रै युद्ध अन्त्य गराउन सक्ने बताएका छन्।



    यसैबीच, युद्धविरामसम्बन्धी वार्तामा युक्रेनी र रुसी वार्ताकारहरूले न्यून प्रगति हासिल गरेका छन्। सर्वसाधारणका निम्ति सुरक्षित निकासको आवश्यकतामा दुवै पक्ष सहमत भएका छन्।

    त्यो नतिजा निस्के पनि किएभले अपेक्षा गरेअनुरूप परिणाम आउन नसकेको युक्रेनका एक वरिष्ठ अधिकारीले बताए। पुटिनले युक्रेनमाथि गरिएको अतिक्रमणलाई सही ठहर्‍याएकै बेला वार्ताको नतिजाबारे विवरण सार्वजनिक भएको हो।

    अज्ञात स्थलमा भएको वार्तामा रुसी र युक्रेनी प्रतिनिधिहरू सम्भावित युद्धविरामबारे सहमत भएका छन्। तर मानिसहरूलाई सुरक्षित ठाउँमा जान मार्ग तय भएपछि र उद्धारको समयसम्मका लागि युद्धविराम हुनसक्ने युक्रेनी राष्ट्रपतिका सहयोगी मिखाइलो पोदोलियाकले बताए।

    ‘धेरै दुःखका साथ भन्नुपर्दा वार्ताबाट हामीले अपेक्षित नतिजा पाएनौँ,’ उनले थपे। जारी द्वन्द्वबीच रुस र युक्रेनले एक साताभित्र दोस्रो पटक वार्ता गरेका छन्।

    तर युक्रेनी शहरहरूमाथि रुसको भीषण बमबारीबीच मानवीय सङ्कट गहिरिँदै गएको छ। पुटिनले आफ्ना फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँग ९० मिनेट लामो टेलिफोन वार्ता गरेका छन्।

    रुसी फौजले गैरसैनिक संरचनाहरूलाई समेत निसाना बनाउँदै आएको युक्रेनी अधिकारीहरूले बताउने गरे पनि मस्कोले त्यसलाई अस्वीकार गर्दै आएको छ। माक्रोँका एक सहयोगीले संवाददाताहरूलाई बताएअनुसार नराम्रा दिन अझै आउने राष्ट्रपतिको अनुमान छ।

    त्यसको कारण के हो भने टेलिफोन वार्तामा रुसी राष्ट्रपति पुटिनले युक्रेनमा आफ्ना लक्ष्य हासिल नभएसम्म आक्रमण जारी राख्ने माकोँलाई बताएका थिए। जबाफमा माक्रोँले युक्रेनमाथि रुसले गरेको अतिक्रमण एउटा गम्भीर गल्ती भएको र पुटिनका धारणा वास्तविकतासँग मेल खाने खालका नभएको भने। बिबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार