Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कांग्रेस कैलालीको सभापतिमा भट्ट बिजयी

    कांग्रेस कैलालीको सभापतिमा भट्ट बिजयी

    अनलाइन नेपाल
  • बिहिबार, १९ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    धनगढी । नेपाली कांग्रेस कैलालीको सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन् । बिहीबार सम्पन्न मतगणनामा भट्टले अर्का प्रतिद्वन्दी प्रकाश बमलाई २६३ मतले पराजित गरेका हुन्।

    सभापतिमा विजयी भएका भट्टले एक हजार ३५९ मत पाएका छन्, भने उनका प्रतिष्पर्धी प्रकाश बमले १ हजार ९६ मत पाए। त्यसअघि भएको पहिलो चरणमा भट्ट बम भन्दा ९७ मतले पछि परेका थिए।



    पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि धनगढीस्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा दोश्रो चरणको निर्वाचन भएको थियो । पहिलो चरणबाट बाहिरिएको कोइराला समुहले वमलाई समर्थन गर्ने घोषणा गरेको थियो ।



    कांग्रेस कैलालीमा २ हजार ५ सय ७५ मतदाता रहेकोमा दोस्रो चरणको मतदानमा २ हजार ४ सय ६७ मतदाता सहभागि भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार