Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • वनमा उम्रिएको च्याउ खाँदा पूर्बी चितवनमा सात जना गम्भिर बिरामी

    वनमा उम्रिएको च्याउ खाँदा पूर्बी चितवनमा सात जना गम्भिर बिरामी

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 2.4K
    SHARES

    चितवन। वनमा उम्रिएको च्याउ खाँदा पूर्बी चितवनमा सात जना बिरामी परेका छन् । कालिका नगरपालिका वडा नम्बर ३ पदमपुरका सात जना बिरामी परेका हुन ।

    बिरामी हुनेमा पदमपुरका ३४ वर्षिय शिव चौधरी, २७ वर्षिया समिक्षा चौधरी, २४ वर्षिया अनिता चौधरी, २५ वर्षिय निरजकुमार चौधरी, ४० वर्षिया सीतावती देवी, ४५ वर्षिय लखन चौधरी र २७ वर्षिया पुजा चौधरी रहेका छन्।



    उनीहरु सबै एउटै परिवारका हुन । उनीहरुको भरतपुर सामुदायीक अस्पतालमा उपचार भईरहेको छ । बिरामी मध्ये अनिताको अबस्था गम्भिर रहेको अस्पतालका बरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीले जानकारी दिए । यस्तै आईतबार च्याउ खाएर भरतपुर महानगरपालिकाका वडा नम्बर २९ जुगेडीको एकै परिवारका पाँच जना बिरामी परेका थिए ।



    उनीहरुमध्ये एक जनाको अबस्था गम्भिर रहेको थियो । अन्य सामान्य उपचार पछि घर फर्किएको भए पनि गम्भिर बिरामीको भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार