Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कर्णाली प्रदेश काेराेना संक्रमणकाे जोखिममा

    कर्णाली प्रदेश काेराेना संक्रमणकाे जोखिममा

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बाँकेको नेपालगन्जमा एकै टोलका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यसले ठूलो विपत्ति निम्त्याउन सक्ने बताएका छन् ।

    नेता खड्काले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सम्भावित संक्रमणको खतराको आकलन गरेर सोहीबमोजिमको ब्यवस्थापन र सतर्कतातर्फ समयमै ध्यान पुर्‍याउन नसके ठूलो जोखिम पर्ने चेतावनी पनि दिएका छन् ।



    उनले लेखेका छन्, कर्णाली प्रदेशको दक्षिणतर्फको मूल प्रवेशद्वार बाँकेमा एकैपटक डरलाग्दो रुपमा समुदायमा देखिएको कोरोना संक्रमणको बिस्तारको अवस्थालाई हेर्दा कर्णाली प्रदेश ठूलो जोखिममा पर्ने देखियो ।



    उनले कर्णाली प्रदेश नै जोखिममा पर्नसक्ने भन्दै प्रदेश सरकारलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन विभिन्न उपाय पनि सुझाएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार