Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अपडेट:मुग्लिन- नारायणगढ सडक ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालन

    अपडेट:मुग्लिन- नारायणगढ सडक ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालन

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 2.5K
    SHARES

    मुग्लिन । चितवनको अवरुद्ध मुग्लिन -नारायणगढ सडक ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालन आएको छ ।

    सडक खण्डमा बर्षाको कारण माथीबाट पहिरो आई रुख समेत ढली बाटो पूर्ण रुपमा बाटो अवरोध भएको सडक ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालन भएको र थप पहिरो हटाउने कार्य भैरहेको चितवन प्रहरी प्रवक्ता एक नारायण कोईरालाले जानकारी दिए ।



    गएराती देखि अनवरत परेको वर्षाको कारण पहिरो जादा अवरुद्ध भएको थियो। मुग्लिन नारायणगढ सडक अन्तरगत पर्ने इच्छाकामना गाउपालिका ६ जलबिरेमा आज बिहान १०:२० बजे गएको पहिरोका कारण राजमार्ग दुइतर्फी अवरुद्ध भएको थियो।



    राजमार्ग दुइतर्फी संचालन गर्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ। पहिरोका कारण राजमार्ग अवरुद्ध हुदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधनहरु राजमार्गमा नै अलपत्र परेका थिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार