Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • युक्रेन हमलाविरुद्ध प्रदर्शन गर्न रुसका विपक्षी नेता अलेक्सी नभाल्नीको आह्वान

    युक्रेन हमलाविरुद्ध प्रदर्शन गर्न रुसका विपक्षी नेता अलेक्सी नभाल्नीको आह्वान

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसका विपक्षी नेता अलेक्सी नभाल्नीले युक्रेनमा भएको हमलाविरुद्ध नियमित प्रदर्शन गर्न अपिल गरेका छन् । कारागारमा रहेका नभाल्नीले युक्रेनमा आक्रमण गर्ने रुसी राष्ट्रपति पुटिनको कदमविरुद्ध रुसमा र अन्यत्र पनि दैनिक विरोध प्रदर्शन गर्न आह्वान गरेका हुन् ।

    उनले सामाजिक सञ्जाल ट्विटरमा कडा शब्दमा पुटिनको आलोचना गर्दै त्यस्तो आह्वान गरेका हुन् । क्रेम्लिनले आफूलाई मार्न विष दिएको आरोप लगाएका नभाल्नी एक वर्षदेखि जेलमा छन् ।



    गत महिना उनको सुनुवाइ सुरु भएको थियो। उनीविरुद्ध १० वर्षभन्दा बढी सजाय हुनेगरी विभिन्न अभियोग लगाइएको छ।नभाल्नीले रुसी जनतालाई जेल जाने कुराबाट नडराउन समेत आग्रह गरेका छन् ।



    ‘हामीले युद्ध रोक्नका लागि जेल र प्रहरी भ्यान भर्न आवश्यक छ’, उनले भने, ‘हामीले जेल र प्रहरी भ्यान भर्नुपर्छ ।‘ उनले रुस ‘त्रसित कायर बस्ने मुलुक’ बन्न नहुने भन्दै राष्ट्रपति पुटिनलाई पागल तानाशाह भएको पनि बताए । ‘हामी-रुस-शान्तिको राष्ट्र बन्न चाहन्छौँ। तर दुर्भाग्य, थोरै मानिसले मात्र हामीलाई त्यसो भन्छन्,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार