Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • पत्रकारको तलव २५ प्रतिशतले वृद्धि गर्न सरकारसमक्ष सिफारिस

    पत्रकारको तलव २५ प्रतिशतले वृद्धि गर्न सरकारसमक्ष सिफारिस

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 903
    SHARES

    काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारहरुको आधारभूत तलव २५ प्रतिशतले वृद्धि गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

    समितिले बुधवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ‘श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस–२०७८’ प्रतिवेदन पेश गर्दै श्रमजीवीको तलव २५ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको हो ।



    प्रतिवेदन पेश गर्दै समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजिवीहरुको आधारभूत आवश्यकता, बजारको अवस्था, मौद्रिकमा आएको उतारचढाव र अन्य क्षेत्रमा कार्यरत श्रमजिवीहरुको आधारमा २५ प्रतिशतले तलव वृद्धिको सिफारिस गरिएको बताए । उनले समितिको कार्यक्षेत्र बढाई पारिश्रमिक निर्धारण तथा अनुगमन बोर्ड बनाउन पनि सिफारिस गरिएको बताए ।



    प्रतिवेदन बुझ्दै मन्त्री कार्कीले समितिको सिफारिस कार्यान्वयनका लागि छलफल गर्ने बताए । उनले पत्रकारहरुलाई उत्साहका साथ काम गर्ने अवसर दिलाउन राज्य सचेत रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार