काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध जापानिज येन मुद्रासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङजाको मिर्मी गाउँपालिका-६ पालीचौर घर भएका ४८ वर्षीय रेमशराज भट्टराई रहेका छन् ।
विमानस्थल प्रहरीका अनुसार सिंगापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिंगापुर जान लागेका भट्टराईलाई विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो ।
प्रहरीले उनको झोलाबाट जापनिज येन १५ लाख ९० हजार बरामद गरेको छ ।
पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन, ललितपुर पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।
Leave a Reply