बाँके । बाँकेस्थित राप्ती सोनारी गाउँपालिका–६ मा मान्छेमाथि आक्रमण गर्दै आएको नरभक्षी बाघ नियन्त्रणमा लिइएको छ ।
जिल्ला बन डिभिजन कार्यालय बाँकेका अनुसार बुधबार पाडोको शिकार गरी माखु खान लागेको क्रममा बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो । बाघलाई नियन्त्रण गर्न १० दिनयता पाडोलाई आहारा बनाएर बाँधेर राखिएको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता लगायत टोलीले नियन्त्रणमा लिएको बाघलाई बाँके निकुञ्जको होल्डिङ सेल्टरमा राखिने डिभिजन वन बाँकेले जनाएको छ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाको ४ र ६ वडामा पाँच महिनायता बाघले आक्रमण गरेर पाँच स्थानीयको ज्यान लिइसकेको प्रहरीले जनाएको छ ।
Leave a Reply