Online Nepal
  • शुक्रबार, १६ कार्तिक २०८१
  • एमसीसी अनुमोदन गर्न सघाएकोमा एमाले र सभामुखलाई सरकारले दियो धन्यवाद

    एमसीसी अनुमोदन गर्न सघाएकोमा एमाले र सभामुखलाई सरकारले दियो धन्यवाद

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनबाट पारित गर्न सहयोग गरेकोमा सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सभामुख अग्निप्रसाद सापकोटालाई धन्यवाद दिएको छ ।

    बुधबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अस्ति (सोमवार)को मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै प्रमुख प्रतिपक्षी दल र सभामुखलाई धन्यवाद दिएका हुन् ।



    ‘एमसीसी अनुमोदनका लागि सहज वातावरण बनाउन सहयोग गर्नुहुने गठबन्धनमा आवद्ध दलहरु, प्रमुख प्रतिपक्ष दल, सभामुख तथा सांसदहरु सबैलाई नेपालसरकारको तर्फबाट हार्दीक धन्यवाद । प्राप्त सहयोग र सद्भावप्रति सम्पूर्ण नागरिक समाजलाई हार्दिक धन्यवाद।’ सरकारको निर्णय सुनाउँदै मन्त्री कार्कीले भने।



    यसैगरी मन्त्रिपरिषद्ले छिमेकी मुलुकको हित विपरित आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिबद्धता समेत जनाएको मन्त्री कार्कीले बताए । ‘सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्दै नेपालको पराराष्ट्र नीतिको मर्म अनुरुप भारत, चीनलगायत कुनै पनि मित्रराष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिन प्रतिबद्धता छौं,’ सरकारका प्रवक्ता कार्कीले भने।

    चौतर्फी विरोधका बाबजुत गत फागुन १५ गते एमसीसी संसदबाट बहुमतले पारित भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार