Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • कोरोना संक्रमण रोक्न स्वास्थ्य मन्त्रालयको यस्तो प्रयास

    कोरोना संक्रमण रोक्न स्वास्थ्य मन्त्रालयको यस्तो प्रयास

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 2.8K
    SHARES

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण रोक्न सातवटै प्रदेशमा आवश्यक सामग्रीसहित स्वास्थ्य टोली परिचालन गरेको छ ।

    प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार कोरोना संक्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा व्यवस्थापन गर्न विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कार्ययोजना तयार गरिएको छ ।



    मन्त्रालयले कोरोना व्यवस्थापनका लागि आवश्यक सामग्रीको मौज्दात थप गरिएको जानकारी गराउँदै तातोपानी र रसुवागढी नाकामा चिकित्सक खटाइएको जानकारी दिए ।

    त्यसैगरी सुदूरपश्चिम प्रदेशका सात स्थानमा हेल्थ डेस्क स्थापना गरिएको पनि मन्त्रालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य कक्षमा जनशक्ति र तीनवटा इन्फ्रारेड रेडिएशन थर्मोमिटर थप गरी नेपाल आउने सबै यात्रुको अनिवार्य जाँच गर्ने प्रवन्ध पनि मिलाइएको छ ।

    ठूला समारोह र भोजभतेर नगर्न सरकारको आग्रह
    स्वास्थ्य मन्त्रालयले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आह्वान गरेका हुन् ।

    विमानस्थल बन्द गर्न छलफल
    पत्रकार सम्मेलनमा मन्त्री ढकालले अप्ठेरो अवस्था आएमा अन्तर्राष्ट्रिय हवाई उडान पनि रोक्ने बताए । उनले विमानस्थल पुरै बन्द गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको बताए ।

    मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले तीन चरणको तयारी गरेको बताए । ‘पहिलो चरणको तयारी अनुसार आवश्यक सावधानी अपनाउने र नेपाल भित्रिने नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गरिसकिएको छ, दोस्रो चरणको तयारी अन्तर्गत संक्रमित नेपालीलाई राख्न आवश्यक बेडको व्यवस्था गरिएको छ ।’

    मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणले भयावह रुप लिए सबै अस्पताललाई उपचारका लागि प्रयोग गर्न सकिने बताए ।
    चीनमा कोरोना भाइरसको सकंम्रण घटदै गए पनि कोरिया, खाडी मुलुक र भारतमा कोरोनाको सकंम्रण देखिए नेपालमा भयावह स्थिति आउने ढकालले बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार