काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठक करिब साँढे ७ मिनेट बसेर सकिएको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक सबा १ बजे सुरु भएको थियो। बैठकको सुरुमै एमाले सांसदहरुले नाराबाजी गरेका थिए।
गत २३ भदौदेखि एमाले सांसदले संसदमा अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारीविपरीत कारबाहीमा परेका आफ्ना १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सांसदले नाराबाजी गर्दै आएका हुन् ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूलाई ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ गर्न समय दिएका थिए।
प्रतिवेदन पेश भएसँगै आगामी २२ गते सम्मका लागि बैठक स्थगित गरिएको छ।
Leave a Reply