Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • जलबिरेमा पहिरो जाँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

    जलबिरेमा पहिरो जाँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

    चित्र बहादुर गुरुङ
  • सोमबार, २२ बैशाख २०७७
  • 3.1K
    SHARES

    चितवन । गएराती देखि अनवरत परेको वर्षाको कारण पहिरो जादा मुग्लिन -नारायणगढ सडक अवरुद्ध भएको छ।

    मुग्लिङ -नारायणगढ सडक अन्तरगत पर्ने इच्छाकामना गाउपालिका ६ जलबिरेमा आज बिहान गएको पहिरोका कारण राजमार्ग दुइतर्फी अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।



    पहिरोका कारण राजमार्ग अवरुद्ध हुदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधनहरु राजमार्गमा नै अलपत्र परेका छन। निरन्तर वर्षा भैरहेको कारण पहिरो हटाउने कार्य सुरु गर्न नसकिएको मुग्लिनका प्रहरी प्रमुख प्रहरी निरीक्षक कन्चन तामाङले बताए।



    सडक खण्डमा बर्षाको कारण माथीबाट पहिरो आई रुख समेत ढली बाटो पूर्ण रुपमा बाटो अवरोध भएकोले हाल हटाउने कार्य भैरहेको चितवन प्रहरी प्रवक्ता एक नारायण कोईरालाले जानकारी दिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार