Online Nepal
  • शनिबार, २० पुष २०८१
  • आजको मौसम : पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    आजको मौसम : पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ ।

    आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



    प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।



    आज राति प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार