Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलीफोन संवाद, युक्रेन संकटबारे छलफल

    प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलीफोन संवाद, युक्रेन संकटबारे छलफल

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्कन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको छ ।

    अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन भएपछि विदेशमन्त्री ब्लिन्कन र देउवाबीच मंगलबार राति टेलीफोन संवाद भएको हो ।



    आफूहरूबीच रूसले युक्रेनमाथि गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेश मन्त्री एन्टोनीले उल्लेख गरेका छन्।



    ‘रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति हाम्रो समर्थनबारे प्रधानमन्त्री देउवासँग कुराकानी भयो,’ ट्वीट गर्दै उनले भनेका छन्, ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्नेछौं।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार