Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • एमसीसी अनुमोदनपछि माओवादी केन्द्रमा विवाद : प्रचण्ड र श्रेष्ठबीच भेटवार्ता, के भयो कुराकानी ?

    एमसीसी अनुमोदनपछि माओवादी केन्द्रमा विवाद : प्रचण्ड र श्रेष्ठबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । एमसीसी सम्झौतामा तीव्र असन्तुष्टि जनाएका वरिष्ठ नेता श्रेष्ठसँग हरिसिद्धि पुगेर मंगलबार दिउँसो प्रचण्डले वार्ता गरेका हुन् ।

    आइतवार अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता माओवादीको समेत समर्थनमा संसदबाट पारित गरिएपछि वरिष्ठ नेता श्रेष्ठले तीव्र असन्तुष्टि जनाएका थिए । आइतवार साँझ नारायणकाजीले माओवादीको समेत समर्थनमा एमसीसी पास भएपछि कालो दिन भन्दै चर्को विरोध जनाएका थिए ।



    भने एमसीसी पास गर्न नहुने पक्षमा रहेका श्रेष्ठबारेमा प्रचण्डले खुमलटारमै सोमबार आयोजित पत्रकार सम्मेलनमा छाडेर जानेलाई रोक्न नसकिने प्रतिक्रिया दिएका छन् । अर्कातिर दुई नेताबीच परस्पर बाझिने कुरा सार्वजनिक भइरहेपछि माओवादी फुट्ने आशंकाबीच प्रचण्डले नारायणकाजीलाई फकाउन खोजेका हुन् ।



    प्रचण्डले नारायणकाजीकै निवास पुगेर माओवादी केन्द्रलाई एकतावद्ध बनाएर अघि बढ्न भनेका थिए । अध्यक्ष प्रचण्डले पार्टीलाई एकतावद्ध बनाएर जाऊँ, विवादबारे पार्टीकै आन्तरिक बैठकमा छलफल गरौँ भनेका थिए । अध्यक्षले पार्टी एकता बचाइराख्न जरुरी भएको कुरा राख्दै फेरि पनि छलफल गर्न अनुरोध गरेको बताइएको छ ।

    तर जवाफमा श्रेष्ठले मैले पार्टीबाट हट्ने, पार्टी छाड्ने कुरा गरेको होइन तर तपाईंले नै छाडेर जा भन्नु भयो भन्दै जवाफ फर्काएको बुझिएको छ । तपाईंले नै वामदेव जसरी पार्टी छाडेर जानेलाई रोक्न नसकिने भनेपछि सोच्नुपर्ने अवस्था आएको श्रेष्ठको जवाफ थियो ।

    एमसीसी पास गर्न नहुने अडान राख्दै आएका नेता श्रेष्ठले १२ बुँदे ब्याख्यात्मक घोषणालाई पनि स्वीकारेका छैनन् । यही विषयलाई लिएर मओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठबीच मतभेद बढेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार