काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन् ।
अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी सम्झौता प्रतिनिसधसभाबाट अनुमोदन गर्ने पार्टीको निर्णयमा असन्तुष्ट रहेका नेता श्रेष्ठलाई मनाउन मंगलबार दिउँसो अध्यक्ष प्रचण्ड हात्तीवन पुगेका हुन्।
एमसीसी पास गर्न नहुने अडान राख्दै आएका नेता श्रेष्ठले १२ बुँदे ब्याख्यात्मक घोषणालाई पनि स्वीकारेका छैनन् । यही विषयलाई लिएर मओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठबीच मतभेद बढेको छ ।
मंगलबार दिउँसो ४ बजे हात्तीवन पुगेका प्रचण्ड र श्रेष्ठबीच आधा घण्टा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ। दुई नेताबीच छलफल भएको विषयमा भने खुलाइएको छैन।
यसअघि हिजो पार्टी अध्यक्ष प्रचण्डले एमसीसी पास भएकोमा खुशी व्यक्त गर्दै एमसीसी अनुमोदनपछि देश गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको बताएक थिए।
Leave a Reply