Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • म्यादी प्रहरीको कार्यावधि घटाउने तयारी, तलब सुविधा कति ?

    म्यादी प्रहरीको कार्यावधि घटाउने तयारी, तलब सुविधा कति ?

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । २०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचन सुरक्षाका लागि भर्ना हुने म्यादी प्रहरी कर्मचारीको कार्यावधि घटाउने तयारी गरिएको छ ।

    विगतमा म्यादी प्रहरीको कार्यावधि ५५ देखि ६० दिन (दुई महिना) को हुन्थ्यो । यसपटक भने एक महिना वा ४० दिनमात्र बनाउने तयारी भएको छ ।



    तलब सुविधा पनि सोहीअनुसार उपलब्ध हुनेछ । म्यादीलाई प्रहरी जवानसरह करिब २४ हजार तलब, पोसाक भत्ता पाँच हजार र खाजा खर्च उपलब्ध गराउने व्यवस्था छ । एक हप्तादेखि १० दिनसम्म तालिम (प्रशिक्षण) गराइन्छ । प्रहरी प्रधान कार्यालयका अनुसार, यसमा बजेट र निर्वाचन अवधिलाई मुख्य कारण देखाइएको छ ।



    निर्वाचन आउन ७५ दिन बाँकी छ । सो अगावै म्यादी प्रहरीलाई हप्तादेखि दस दिनको तालिम दिइसक्नुपर्ने हुन्छ । विगतमा दुई महिनाको तलब सुविधासहित म्यादीलाई बिदाइ गरिन्थ्यो । तर, यसपटक एक महिना १० दिनभित्र बिदाइ गर्ने तयारी भएको नेपाल प्रहरीको निर्वाचन सुरक्षा कार्ययोजनामा उल्लेख छ । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार