Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • वैदेशिक मामिलामा नेपाललाई पहिलोपटक विवादित बनाउने काम भयो : राजेन्द्र लिङ्देन

    वैदेशिक मामिलामा नेपाललाई पहिलोपटक विवादित बनाउने काम भयो : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 981
    SHARES

    कैलाली । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिने राजनीतिक दलका आलाकाँचा व्यवहारका कारण इतिहासमा पहिलोपटक वैदेशिक मामिलामा नेपाललाई विवादित बनाउने काम भएको बताएका छन् ।

    सोमबार कैलालीको सुक्खडमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आम नागरिकको तहमा समेत बहस भइरहेको एमसिसी जस्तो संवेदनशील परियोजनालाई सत्ता गठबन्धन टिकाउने र भत्काउने विषय बनाएकोमा आपत्ति प्रकट गरेका छन् ।



    ‘ठूला भनिने दलको गलत कार्यशैलीका कारण आज अन्तर्राष्ट्रिय रुपमा नेपालको विश्वसनीयता कमजोर भएर गएको छ,’ अध्यक्ष लिङ्देनले भने,’यसको क्षति कांग्रेस, एमाले र माओवादी केन्द्रले मात्रै होइन देशले व्यहोर्नुपर्ने छ ।’



    कैलालीको लम्की र सुक्खडमा आयोजित आमसभाका क्रममा विभिन्न पार्टी परित्याग गरि ७ सयभन्दा बढी राजनीतिक व्यक्तिहरु राप्रपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार