Online Nepal
  • शुक्रबार, १६ कार्तिक २०८१
  • निर्वाचन आयोगले भन्यो-‘वैशाख १० गतेसम्म सबै नागरिकलाई कोरोनाको खोप लगाइ सक्नू’

    निर्वाचन आयोगले भन्यो-‘वैशाख १० गतेसम्म सबै नागरिकलाई कोरोनाको खोप लगाइ सक्नू’

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 966
    SHARES

    फाइल फोटो

    काठमाडौं । आगामी वैशाख १० गतेसम्म सबै नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइसक्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

    वैशाख ३० गते हुने निर्वाचनका लागि वैशाख १० गतेसम्म सबै नागरिकलाई खोप लगाइसक्न आयोगले आग्रह गरेको हो ।



    स्थानीय तहको निर्वाचनका लागि पूर्व तयारीमा रहेको आयोगले तयारीका कार्यक्रमहरुमा जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ ।



    आयोगले निर्वाचनसम्बन्धी भेला, आमसभा, र्‍याली र गोष्ठी तथा स्थानीय तहमा अन्य निकायबाट हुने तालीम, गोष्ठी, सेमिनार, बैठक, भेला, मतदाता नामावली अद्यावधिक कार्यक्रममा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न पनि अपिल गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार