Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • दक्षिणी तान्जानियामा चट्याङ लागेर सात किसानको मृत्यु

    दक्षिणी तान्जानियामा चट्याङ लागेर सात किसानको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । तान्जानियाको दक्षिणी उच्च पहाडी क्षेत्रमा रुक्वामा शनिबार चट्याङ लागेर कम्तीमा सात किसानको मृत्यु भएको छ ।

    साथै अन्य १४ जना घाइते भएका प्रहरीले आइतबार जनाएको छ ।रुक्वाका क्षेत्रीय प्रहरी प्रमुख विलियम मवाम्पघाले स्थानीय समयानुसार शनिबार दिउँसो ३ बजेको समयमा भीषण वर्षासँगै आएको चट्याङले ङ्कसी जिल्लाको लुवा गाउँमा पाँच किसानको ज्यान गएको बताएका छन् ।



    आफ्नो खेत रोप्ने क्रममा चट्याङ लागेर पाँच जना किसानको मृत्यु भएको एक पत्रकार सम्मेलनमा मवाम्पघालेले बताएका छन । किसानहरुको एक समूहले आश्रय लिएका झुपडीमा चट्याङ लागेर अन्य १४ जना घाइते भएका छन् ।



    अर्को छुट्टै घटनामा शनिबार साँझ सोही गाउँमा खेतबारी गर्ने क्रममा चट्याङ लागेर एक पुरुष र उनको छोराको मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।-सिन्ह्वा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार