Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • युक्रेन आक्रमणको आज पाँचौँ दिन: युरोपियन युनियनद्धारा रुसका उडानहरुमाथि प्रतिबन्ध

    युक्रेन आक्रमणको आज पाँचौँ दिन: युरोपियन युनियनद्धारा रुसका उडानहरुमाथि प्रतिबन्ध

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । युरोपियन युनियनले सबै युरोपियन देशका आकासमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ ।

    युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिएका हुन् । उनले रुसका सबै प्रकारका उडानहरुलाई बन्द गराइएको आइतबार विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।



    उनले भनेका छन्– हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरलाइन्सका जहाजहरु र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियन देशका आकासमा बन्द गराएका छौँ । रुसी सैनिक अपरेसनका कारण धेरै विमानहरु एडेका र ती विमान युक्रेनमा हमला गर्नका लागि पुगेका भन्दै त्यसमा प्रतिबन्ध लगाइएको उनको भनाइ छ।



    रुसले युक्रेनमाथि आक्रमण गरेको आज पाँचौँ दिन पनि रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन् । राजधानी किभका सबैतर्फबाट रुसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ । यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ ।

    युक्रेनमाथि गरेको सो आक्रमणको विरोधस्वरुप युरोपियन युनियनले रुसका विरुद्धमा यो प्रतिबन्ध लगाएको जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार