काठमाडौं । एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा आह्वान गरेको बन्दको प्रभाव सामान्य देखिएको छ । सोमबार ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले आज नेपाल बन्द आह्वान गरेका हुन्।
यस्तै, सोमबार बन्द गराउँदै हिँडेका ६ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । बन्दकर्ताले केही सवारीसाधनमा पनि तोडफोड गरेको प्रहरीको भनाइ छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादीलगायत ८ दलले बन्दको आह्वान गरेका हुन्।
सरकारले हिजो एमसीसी अनुमोदन गरेको थियो। एमसीसीको बिरोधमा लाखौं जनताले प्रदर्शन गर्दै आएका छन् ।
Leave a Reply