Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • दाहाल र गौतमको भूमिकाप्रति नेपालको आशंका

    दाहाल र गौतमको भूमिकाप्रति नेपालको आशंका

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 3.1K
    SHARES

    काठमाडौँ । नेकपाभित्र बदलिएको समीकरण र राजनीतिक घटनाक्रमलाई लिएर बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बामवेद गौतमको भूमिकामाथि आंशका व्यक्त गरेका छन् ।

    आइतबार करिब ३० जना केन्द्रीय सदस्यसँगको छलफलमा नेता नेपालले पार्टीभित्र विकसित पछिल्लो घटनाक्रमबारे बिफ्रिङ गर्दै दाहाल र गौतमको भूमिकामाथि शंका व्यक्त गरेका हुन् । दोस्रो चरणमा नेता नेपालले आफूनिकट स्थायी कमिटी सदस्यसँग छलफल गरेका छन् ।



    कोटेश्वरमा भएको भेलामा सहभागी एक केन्द्रीय सदस्यका अनुसार दाहालले पर्याप्त छलफल नगरी ओलीसँग मिलेर जान सहमति जनाएकोमा नेपालको असन्तुष्टि थियो । ती केन्द्रीय सदस्यका अनुसार उपाध्यक्ष गौतमले दाहालसँग छलफल गरेको र नाटकीयरुपमा राजनीति विकसित भएको भेलामा नेपालले बताएका थिए। मंसिरमै भएको पार्टी एकल चलाउने सहमतिमै दाहालले फेरि कम्प्रमाइज गरेको हुन सक्ने नेता नेपालको संकेत थियो ।



    नेता नेपालले शनिबारको बैठकमा सहमतिमा अगाडि जाने कुरा सकारात्मक भए पनि दुई अध्यक्षबीचको ‘अपारदर्शी’ मिलनप्रति असन्तुष्टि जनाएका थिए । सचिवालय बैठकमा नेता नेपालले भनेका थिए, ‘मिलेर जानेकुरा ठीक छ । पार्टीलाई एकताबद्ध गरेर जानेकुरा पनि ठीक छ । तर, दुई जनाको चोचोमोचो चाँहि मानिन्‍न ।’

    प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने दाहाल नेपाल समूहको अडान विपरित शनिबार बसेको नेकपा सचिवालय बैठक मौन बसेको थियो । बैठक अगाडि प्रधानमन्त्री र ओली र अध्यक्ष दाहालबीच ४० मिनेट कुराकानी भएको थियो ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेका थिए । बैठकले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउन पहल गर्ने निर्णय गरेको थियो । सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाउने निर्णय गरेको छ ।

    योसँगै उत्कर्षमा पुगेको नेकपाभित्रको शक्ति संघर्ष तत्कालका लागि टुंगिएको थियो । तर,ओली र दाहालबीच भित्री सहमति के थियो भन्ने यकिन विवरण भने बाहिर आएका छैनन् । सचिवालय बैठकपछि ओली, दाहाल र नेपालसमूहले आ-आफ्ना निकटका नेतासँग परामर्श थालेका छन् ।कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार