Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • प्राध्यापक खत्री अमेरिकाका लागि राजदूत नियुक्त

    प्राध्यापक खत्री अमेरिकाका लागि राजदूत नियुक्त

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन्।

    नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेकी हुन् ।



    मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो ।



    नव नियुक्त राजदूत खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार