Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी संरचनाको जिम्मा सेनालाई, सशस्त्र र नेपाल प्रहरीलाई सिमामा खटाइने

    महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी संरचनाको जिम्मा सेनालाई, सशस्त्र र नेपाल प्रहरीलाई सिमामा खटाइने

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 6.5K
    SHARES

    काठमाडौं । नेपालमा कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी संरचनाको सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई झिकेर नेपाली सेनालाई जिम्मा दिने भएको छ ।

    भारतमा कोरोना संक्रमितका संख्या बढ्दै गएको र सीमाबाट लुकिछिपी प्रवेश गर्ने क्रम नरोकिएको भन्दै सरकारले सिमामा थप कडाई गर्ने भएको हो ।



    आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को उपस्थितिमा गृह मन्त्रालयमा बसेको सुरक्षा बैठकमा यससम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।



    बैठकले भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँग छलफललाई तीव्रता दिने निर्णय पनि गरेको छ ।

    भवन तथा प्रतिष्‍ठानको सुरक्षामा तैनाथ दुवै प्रहरी जनशक्तिलाई नेपाल–भारत सीमा क्षेत्रमा खटाएर सेनालाई ती स‌ंरचनाको सुरक्षामा खटाइने भएको हो ।

    सुरक्षा बैठकले सरकारी स‌ंरचना र प्रतिष्ठानमा तैनाथ जनशक्तिको विवरण पेश गर्न पनि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिइएको छ ।

    गृहको यो निर्णयसँगै देशभरका कारागार,विभिन्‍न राजदूतावास, नेपालस्ठित अन्य कूटनीतिक नियोग, विशिष्ट व्यक्तिहरु बस्‍ने निवास तथा कार्यालय लगायत संरचनाको सुरक्षामा अर्को व्यवस्था नभएसम्मका लागि नेपाली सेनाको जनशक्ति खटाइने भएको छ ।

    लकडाउन घोषणापछि सशस्त्र प्रहरीले भारतीय सीमातर्फ १२ सय १३ वटा अस्थायी चेक प्वाइन्ट खडा गरेर करिब २२ हजार जनशक्ति परिचालन गरेको छ भने नेपाल प्रहरीका ४ सय ५० वटा सीमा चौकी र अन्य अस्थायी संरचना गरी ७ हजारभन्दा बढी जनशक्ति खटिएका छन् ।

    आइतबारको सुरक्षा बैठकमा ४ वटा सुरक्षा निकाय, स्वास्थ्य, परराष्ट्र लगायत मन्त्रालयका उच्च अधिकारी उपस्थिती थिए ।

    बैठकमा गृहमन्त्री थापाले कोरोना सङ्क्रमणको केन्द्र चीन, युरोप, अमेरिका हुँदै अब दक्षिण एशियातर्फ बढ्न लागेकाले खुला सीमाना रहेको कारण नेपालले अब विशेष सावधानी अपनाउन आवश्यक रहेको बताए । ्

    त्यसैगरी बैठकमा सीमामा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको जानकारी गराइएको पनि बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार