Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • एमसीसी ‘व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो : भीम रावल

    एमसीसी ‘व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो : भीम रावल

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सत्ता गठबन्धनभित्रै सहमति जुटेपछि नेकपा एमालेका नेता भीम रावलले आक्रोश व्यक्त गरेका छन् ।

    एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु भएको उनले टिप्पणी गरेका हुन् ।



    कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोडेर भए पनि एमसीसी अनुमोदनका लागि प्रमुख प्रतिपक्षी एमालेसँग वार्ता थालेपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्न सहमत भएपछि रावलले आक्रोश व्यक्त गरेका हुन् ।



    समाजिक सञ्जालमा उनले लेखेका छन्-‘एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो । यो महाकाली सन्धिको ‘संकल्प प्रस्ताव’जस्तै निहीत सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो। देशघाती चरित्र ! ’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार