कैलाली । नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने हुदैछ । निर्वाचन समितिका अनुसार बिहान ११ बजेदेखि मतदान सुरू गरिने भएको हो । ६७ सदस्यीय जिल्ला समिति चयनका लागि निर्वाचन भइरहेको हो ।
जिल्ला समिति चयनका लागि संस्थापन पक्षबाट दुई र इतर पक्षबाट एक प्यानल चुनावी मैदानमा उत्रिएका छन्। संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा इतर पक्षबाट रामबहादुर कलेलको सभापतिमा उम्मेदवारी परेको छ। भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल र रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन्।
यस्तै बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी परेको छ।
यस्तै इतर पक्षको कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय “आगो“, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिह र तीर्थराज जोशीको उम्मेदवारी परेको छ।
Leave a Reply