Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • काेराेनाकाे असर: संसद भवनमा मास्क अनिवार्य

    काेराेनाकाे असर: संसद भवनमा मास्क अनिवार्य

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरसका संसद छिर्दा सांसदहरुले यसअघि भन्दा केही फरक अनुभव गर्ने गरी तयारी गरिएकाे छ । कोरोना भाइरसको जोखिम कम गर्नका लागि संसद भवन छिर्दा सांसद, कर्मचारी, पत्रकारलगायत सबैले अनिवार्य रुपमा हात धुनुपर्ने गरी तयारी गरिएकाे संसदकाे सचिवालयले जनाएकाे छ।

    संघीय संसदको बजेट अधिवेशन यही वैशाख २६ गते सुरु हुँदैछ । आइतबार नै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते दिउँसो ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।



    संसद भवन छिर्दा सर्जिकल मास्क अनिवार्य लगाउनुपर्छ । सभाहल बाहिर हात धुनका लागि साबुन पानीको व्यवस्था गरिनेछ । संसद भवनभित्र सांसदहरुले बोल्दा समेत ख्याल गर्नुपर्नेछ । एक जना सांसदले बोलेपछि माइक स्यानिटाइज गरेर मात्रै अर्को सांसदले समात्नुपर्नेछ । सभाहलमा हरेक टेबलमा स्यानिटाइजर राखिनेछ ।



    संघीय संसद सचिवालयका अनुसार ज्वरो नाप्ने व्यवस्था पनि गरिएको छ । एक सय डिग्री भन्दा बढी ज्वरो आउनेलाई संसद भवनमै रहेको आइसोलेसन वार्डमा राखिनेछ र नजिकको अस्पतालमा पठाइनेछ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार