Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • युक्रेन छाड्न अमेरिकाले गरेको प्रस्ताव राष्ट्रपति जेलेन्स्कीद्धारा अस्वीकार (भिडिओसहित)

    युक्रेन छाड्न अमेरिकाले गरेको प्रस्ताव राष्ट्रपति जेलेन्स्कीद्धारा अस्वीकार (भिडिओसहित)

    अनलाइन नेपाल
  • शनिबार, १४ फाल्गुन २०७८
  • 2.3K
    SHARES

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देश छोड्न वाशिङ्टनले गरेको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

    राजधानी कीएभबाट आफैँले खिचेको भिडिओ सार्वजनिक गर्दै राष्ट्रपति जेलेन्स्कीले युक्रेन छोडेर कतै नजाने र आफ्नो सेनालाई पनि आत्मसमर्पण नगर्न आदेश दिएका हुन् ।



    जेलेन्स्कीले भिडिओमा बोल्दै अफवाहमा ध्यान नदिन समेत नागरिकहरूलाई अपिल गरेका छन् । यसअघि पनि जेलेन्स्कीले राजधानी किएभबाट भिडिओ सन्देशमार्फत कीएभमै बस्ने भनेका थिए ।



    उनले युक्रेनी नेतृत्व र संसद कीएभमा रहने घोषणा गरेका छन् । अर्कोतर्फ भने युक्रेनको राजधानी किएभमा रुसको आक्रमण रोकिएको छैन ।

    रुसी हमलाविरुद्ध जनाएको प्रतिक्रियाका कारण जेलेन्स्कीको समाजिक सञ्जालमा प्रशंसा भइरहेको छ। विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता रहेका उनले निरन्तर लडिरहने प्रतिबद्धता जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार