Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • दाल कालोबजारी प्रकरण: ७४ लाख ८२ हजार धरौटी माग

    दाल कालोबजारी प्रकरण: ७४ लाख ८२ हजार धरौटी माग

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    वीरगञ्ज । दालमा कालोबजारी गरेको आरोपमा पक्राउ परेकाहरूसँग धरौटी माग गरिएको छ । बारा-पर्सा औद्योगिक करिडोरका तीन उद्योगीसहित ६ जनासँग ७३ लाख ८२ हजार रुपैयाँ धरौटी माग गरिको हो ।

    कालोबजारी मुद्दामा रिहाकाे लागि बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको इजलासकाे उक्त ७३ लाख ८२ हजार रुपैयाँ धरौटी माग गरेको हो ।



    दाल कालोबजारी मुद्दामा उद्योगीहरु मोहनलाल चाचन, पवनकुमार झा, मुक्ती कुमार अग्रवाल र उनका प्रतिनिधिहरु सुनिल कुमार सिंह, सुरेश प्रसाद, सन्तोष झालाई प्रहरीले पक्राउ गरेको थियो । मुक्ती कुमार अग्रवाललाई शनिबार पक्राउ गरिएको थियो भने अन्य पाँच जनालाई वशाख १४ गते पक्राउ गरिएको थियो ।



    धरौटी बुझाएको खण्डमा उनीहरुलाई आइतबार नै रिहा गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनीहरु आवद्ध करिडोरका तीन वटा उद्योगले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको दाबीसहित प्रहरीले उनीहरुविरुद्ध प्रशासनमा कालोबजारी मुद्दा दर्ता गरेको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार