Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • युक्रेनका १९३ नेपाली सम्पर्कमा : स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीतर्फ जान दूतावासको सुझाव

    युक्रेनका १९३ नेपाली सम्पर्कमा : स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीतर्फ जान दूतावासको सुझाव

    अनलाइन नेपाल
  • शनिबार, १४ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको र सम्पर्क भइरहेको जर्मनीमा रहेको नेपाली दूतावासले जनाएको छ । बर्लिनमा रहेको नेपाली दूतावासका अनुसार एकसय ९३ जना नेपाली सम्पर्कमा आएका छन् ।

    युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासको अनुमान छ । सीमा नाकामा प्रवेश गर्नको लागि राहदानी या यात्रा अनुमतिपत्र आवश्यक परेमा राहदानीको फोटोकपी र फोटो दूतावासको ठेगानामा पठाउन पनि आग्रह गरिएको छ ।



    रुसले पूर्वी भागमा आक्रमण गरेकाले पश्चिमी क्षेत्र सुरक्षित रहेको भन्दै दूतावासले त्यता जान आग्रह गरेको छ । युक्रेनको राजधानी र पूर्वी क्षेत्रमा रहेका नेपाली स्थलमार्गबाट सुरक्षित ठाउँतर्फ गइरहेका छन् ।



    युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कनको लागि ती देशतर्फ जान सकिने पनि दूतावासले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार