Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • बढुवा भएका एसएसपी र एसपीलाई आईजीपीले लगाइदिए फूली

    बढुवा भएका एसएसपी र एसपीलाई आईजीपीले लगाइदिए फूली

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले गत साता बढुवा भएका एसएसपी  र एसपीहरुलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी  चिन्ह लगाइदिएका छन्।

    गृह मन्त्रालयको  बैशाख १७ गतेको निर्णयअनुसार एसपीबाट एसएसपीमा बढुवा भएका १९ जना  र गृह सचिवस्तरको  बैशाख १८ गतेको निर्णयअनुसार डिएसपीबाट एसपीमा बढुवा भएका २४ जना प्रहरी अधिकृतहरुलाई आईजीपीले ज्ञवालीले दर्ज्यानी  चिन्ह लगाइदिएका हुन।



    सो अवसरमा आईजीपी ज्ञवालीले बढुवा भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात प्राप्त गर्ने जिम्मेवारी एवम् संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उत्कृष्ट काम गर्न निर्देशन दिए ।



    बढुवासँगै प्रहरी अधिकृतहरु थप रचनात्मक भई निष्ठा र पदीय आचरण पालन गरी राज्यले सुम्पेको दायित्व र भूमिका निर्वाह गर्न सफल हुनुपर्नेमा उनले जोड दिएका थिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार