Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अबैध अगरबत्ती लोड गरेको ट्रकसहित चालक पक्राउ

    अबैध अगरबत्ती लोड गरेको ट्रकसहित चालक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 2.4K
    SHARES

    पर्सा। अगरबत्ती लोड रहेको ना.२ ख ९०१५ नम्बरको ट्रक सहित चालक रौतहट बृन्दावन नगरपालिका-१ बस्ने सिताराम पटेललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

    बिशेष सूचनाको आधारमा बीरगंज महानगरपालिका-२१ स्थित परवानीपुरबाट जितपुरतर्फ जाँदै गरेको उक्त ट्रक जाँच गर्दा बिल बिजक समेत नभएको चम्पा अगरबत्ती ४ सय ८० कार्टुन सहित पटेललाई जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय श्रीपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।



    ट्रक सहित पटेललाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार