Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • युक्रेन संकट: रुसी अर्बपतिहरूले ९० अर्ब डलर गुमाए

    युक्रेन संकट: रुसी अर्बपतिहरूले ९० अर्ब डलर गुमाए

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी । फोर्ब्समा प्रकाशित रिपोर्टका अनुसार युक्रेनमा जारी आक्रमणमा रुसी अर्बपतिहरूले करिब ९० अर्ब डलर गुमाएका छन् ।

    फोर्ब्सको यो रिपोर्टमा इयान मार्टिनले रुसी समाचार एजेन्सी टासलाई उद्धृत गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका शीर्ष अर्बपतिहरूको बैठक पनि बोलाएको बताएका छन् ।



    रुसी राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण गर्ने घोषणा गरेदेखि नै सेयर बजारमा पनि ठूलो गिरावट आएको छ । जसका कारण जनताले निकै सास्ती समेत बेहोर्नु परेको छ ।



    यसैबीच अमेरिका, बेलायत र युरोपेली संघले पनि रुसी बैंक र अर्बपतिहरूलाई आफ्नो प्रतिबन्धमा निशाना बनाएका छन् । उनीहरुको सम्पत्ति रोक्का गरिएको छ र उनीहरुको आवतजावतमा पनि प्रतिबन्ध लगाइएको छ ।

    फोर्ब्सले तथ्याङ्कका आधारमा जानकारी दिएको छ कि फेब्रुअरी १६ देखि रुसी अर्बपतिहरूले करिब ९० अर्ब डलर गुमाइसकेका छन् । जसमध्ये बिहीबार मात्रै करिब ३९ अर्ब डलर गुमेको छ । ब्लूमबर्गले पनि सोही रिपोर्ट दिएको छ ।

    रुसको शेयर बजार ३३ प्रतिशतले घटेको छ भने रुबलको मूल्य डलरको तुलनामा रेकर्ड स्तरमा झरेको छ । फोर्ब्सले रिपोर्ट गरेको छ कि भारी नोक्सानमा परेका रूसी अरबपतिहरू मध्ये – एलेकपेरोफ, मिखेल्सन, मोर्दसॉफ, पोटानिन र केरिमोफ छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार