Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • संक्रमितकाे सम्पर्कमा आउँदा काेराेना संक्रमण

    संक्रमितकाे सम्पर्कमा आउँदा काेराेना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपालगञ्जमा यसअघि संक्रमण पुष्टि भएकाे व्यक्तिको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना संक्रमण देखिएकाे छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् नेपालगञ्जका ९ जनामा कोरोना संक्रमण देखिएको पुष्टी गरेकाे ।

    यसअघि शुक्रबार नेपालगञ्ज उप महानगरपालिका ८ का ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो ।



    उनलाई कोरोना संक्रमण पुष्टी भएपछि शुक्रबार रातीदेखि नै उक्त क्षेत्र सिल गरिएको थियो । उनको सम्पर्कमा आएका करिब १ सय जनाको स्वाबको नमुनासमेत जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले संकलन गरेको थियो ।



    पुराना संक्रमितको सम्पर्कमा गएका ९० जनाको स्वाब परीक्षण भइरहेकोमा नौ जनाको पोजेटिभ, बाँकीको परीक्षण हुँदैछ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार