Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउनमा विद्यार्थीलाई इन्टरनेट सुविधा उपलब्ध गराउन नेविसंघको माग

    लकडाउनमा विद्यार्थीलाई इन्टरनेट सुविधा उपलब्ध गराउन नेविसंघको माग

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले लकडाउनले विद्यालय र कलेजको पढाई अस्तव्यस्त भएको बेला विद्यार्थीहरुलाई इन्टरनेट सुविधा निशुल्क उपलब्ध गराउन माग गरेको छ ।

    नेविसंघले नेपाल दूरसञ्चार संस्थान र नेपाल दूरसञ्चार प्राधिकरणमा ज्ञापनपत्र बुझाउँदै अनलाइन शिक्षालाई प्रभावकारी बनाउनुपर्ने आवाज उठाएको छ ।



    कोरोना भाइरस संक्रमणको त्रासले सम्पुर्ण शिक्षालयहरु ठप्प रहेको अवस्थामा अनलाइन शिक्षा नै अहिलेको माग र आवश्यकता रहेको नेविसंघ अध्यक्ष राजीव ढुगांनाद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ।



    इन्टरनेट सुविधा सर्वसुलभ र सबैको पहुँचमा पुर्याउन नेविसंघले माग गरेको र त्यही अनुसार सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएको नेविसंघकी महामन्त्री उर्मिला थपलियाले जानकारी दिएकी छन् ।

    इन्टरनेट नभएको ठाउँमा सुविधा छिटो पुर्याउन, भएका ठाउँमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न र विद्यार्थीलाई निशुल्क उपलब्ध गराउन ज्ञापनपत्र बुझाइएको महामन्त्री थपलियाले वताइन ।

    ज्ञापनपत्र बुझाउन महामन्त्रीहरु थपलिया, दिपक भट्टराई, युवराज पाण्डे र बलदेव तिमल्सिना पुगेका थिए ।

    नेविसंघले सबै नियमित अध्ययनरत विद्यार्थीहरुको विवरण सम्बन्धित संस्थाबाट लिने र सम्पूर्ण विद्यार्थीहरुको आइडी बनाई इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन पनि अनुरोध गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार