Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ‘दलालमन्त्री मुर्दावाद’ भन्दै कानुनमन्त्री बडूको घरमा विप्लवका कार्यकर्ताले टाँगे कालो झण्डा

    ‘दलालमन्त्री मुर्दावाद’ भन्दै कानुनमन्त्री बडूको घरमा विप्लवका कार्यकर्ताले टाँगे कालो झण्डा

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    दार्चुला । कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूको घरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताहरूले कालो झण्डासहित ब्यानर राखेका छन् ।

    एमसीसीको विरोधमा गृहजिल्ला दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिका-५ नमस्कारमा रहेको मन्त्री बडूको घरमा उनीहरुले बिहीबार कालो झण्डा र ब्यानर टाँगेका हुन् ।



    बडूकाे घरमा टाँगिएकाे ब्यानरमा दलाल मन्त्री मुर्दावाद, एमसीसी खारेज गर लगायतका नारा लेखिएको छ ।



    विप्लवका कार्यकर्ताहरूले बिहीबार दार्चुला सदरमुकाम खलंगामा पनि एमसिसिको विरोधमा प्रर्दशन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार