Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • कूटनीति र संवादबाट युक्रेन सङ्कटको समाधान खोज्न नेपालको आग्रह

    कूटनीति र संवादबाट युक्रेन सङ्कटको समाधान खोज्न नेपालको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल सरकारले संवाद र कूटनीतिका माध्यमबाट युक्रेन सङ्कटको समाधान खोज्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

    युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउँदै सरकारले त्यहाँ तनाव नबढाउन र सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह पनि गरेको छ ।



    परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर संयुक्त राष्ट्रसङ्घको सदस्यको हैसियतमा नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरू सर्वमान्य रहेका तथा सबै सदस्य राष्ट्रले तिनको पूर्णरूपमा सम्मान गर्नुपर्नेमा जोड दिएको हप ।



    युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र संस्थाका रूपमा मान्यता दिनु संयुक्त राष्ट्रसङ्घको बडापत्रको प्रावधानका विपरीत भएको जनाउँदै विज्ञप्तिमा ‘नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ’, भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार