Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • एमसीसी पास गर्न मोडालिटी बनाउँदै कांग्रेस–एमाले, निशानामा सभामुख

    एमसीसी पास गर्न मोडालिटी बनाउँदै कांग्रेस–एमाले, निशानामा सभामुख

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसीलाई अघि बढाउनेसहितका मुख्य चार विषयमा ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ ।

    प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा अमेरिकी सहयोग परियोजना संसद्बाट रणनीतिक योजनाबाट पास गर्नेसहितका विषयमा ‘वान टु वान’ वार्ता भएको थियो ।



    सो भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सत्तारूढ दलमा नै एमसीसीका विषयमा फरक मत रहँदै गर्दा नै सरकारले संसद्मा एमसीसी टेबल गरेको र पास गर्नैपर्ने दबाब आफूमाथि रहेको भन्दै सहयोगका लागि ओलीसँग आग्रह गरेका थिए ।



    प्रधानमन्त्री देउवाको एमसीसीमा सहयोगको आग्रहपछि ओलीले सभामुखको व्यवहार र आफ्नो दलले कारवाही गरेका १४ सांसदको कारबाही, प्रधानन्यायाधीश प्रकरण र सत्ता गठबन्धनको विषयलाई उठाएका थिए ।

    प्रधानमन्त्री देउवाले भने एमसीसीमा सहमति नभए गठबन्धन अघि बढ्न नसक्ने अवस्था बनेको र त्यही कारण एमालेको सहयोग मागेको बताएका थिए ।

    तर, ओलीले भने आफ्नो दलको मुख्य असहमति नै १४ सांसदलाई जोगाउने सभामुखको व्यवहारप्रति केन्द्रित रहेको भनेका थिए । उनले सभामुखको विकल्प नै आफ्नो दलको प्रधान सर्त भनेका हुन् । राजधानी दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार