Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एमसीसीका कारण कांग्रेस १० जिल्लाको अधिवेशन फेरि स्थगित

    एमसीसीका कारण कांग्रेस १० जिल्लाको अधिवेशन फेरि स्थगित

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ वटा जिल्लामध्ये १० वटा जिल्लाको अधिवेशन फेरि रोकिएको छ । ती जिल्लामा फागुन १५ गते अधिवेशन गर्ने कार्यतालिका थियो ।

    अब ती अधिवेशन फागुन २० गते हुने कांग्रेसले जनाएको छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको काँग्रेसले जनाएको छ ।



    निर्वाचन समितिका अनुसार सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछामको अधिवेशन स्थगित भएको हो ।



    यस्तै महोत्तरी, रौतहट, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक र कैलालीको अधिवेशन भने तोकिएको मिति फागुन १५ गते नै हुने समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार