काठमाडौं । राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४७ औँ सत्रमा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वीजरल्याण्डको जेनेभा जाने भएका छन् । उनी आगामी शनिबार जेनेभा जाने भएका हुन् ।
खड्काले आगामी मंगलबार मानवअधिकार परिषद्को ४७ औं सत्रमा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
सम्बोधनमा मन्त्री खड्काले लोकतन्त्र, मानवअधिकार र अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी सन्धि सम्झौताप्रति नेपालको प्रतिबद्धता जनाउने छन् ।
उनले नेपालको संक्रमणकालीन न्याय प्रक्रिया पुरा गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्ने बताइएको छ ।
Leave a Reply