Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • वीरगन्जमा थप एक जनामा कोराना पुष्टि, संक्रमितकाे संख्या ६० पुग्याे

    वीरगन्जमा थप एक जनामा कोराना पुष्टि, संक्रमितकाे संख्या ६० पुग्याे

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 3.2K
    SHARES

    काठमाडाैँ। नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या ६० पुगेकाे छ। वीरगन्जमा आइतबार थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितकाे संख्या ६० पुगेकाे हाे।

    वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । काठमाडौंबाट आइतबार दिउँसो नारायणी अस्पताललाई प्राप्त रिपोर्टअनुसार वीरगन्ज ३ छपकैयाका ३६ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।



    रिपोर्ट पोजेटिभ आएपछि ती संक्रमीतलाई आइतबार दिउँसो एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको छ । तर नारायणी अस्पतालले भने यसको आधिकारीक पुष्टि गरेको छैन।



    यसअघि वैशाख १७ मा वीरगन्ज महानगरपालिका २ छपकैयाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो । वैशाख १४ मा पनि वीरगन्ज १६ इनर्वाका ५५ वर्षीय र वीरगन्ज ३ छपकैयाका ४९ वर्षीय गरी २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    त्यसअघि चैत ३० मा वीरगन्ज २ छपकैयाको मस्जिदमा बसेका तीन भारतीय मुस्लिम जमातीमा पनि कोरोना संक्रमण भेटिएको थियो । वीरगन्जमा भेटिएका संक्रमीतको सम्पर्कमा रहेकाको कन्टयाक्ट ट्रेसिङ गर्ने क्रममा केही शंकास्पद व्यक्तिको शुक्रबार स्वाब संकलन गरी काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार