Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ५ अर्ब ठग्ने मिटरब्याजका डन १ करोड ७५ लाख धरौटी बुझाएर छुटे

    ५ अर्ब ठग्ने मिटरब्याजका डन १ करोड ७५ लाख धरौटी बुझाएर छुटे

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 2.9K
    SHARES

    काठमाडौं। मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य रामबाबु राय यादव १ करोड ७५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

    उनी बैशाख १२ गते छुटेका हुन् ।  सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा धरौटी बुझाएपछि यादव तारेखमा छुटेका हुन ।  मिटरब्याजका डन यादव २०७६ पुस २३ गते सर्लाहीको हरिपुरबाट पक्राउ परेका थिए ।



    जिल्ला अअदालत सर्लाहीले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपनि नबुझाएपछि उनलाई माघ २७ गते सुनसरीको झुम्का कारागार चलान गरिएको थियो ।



    केही दिन कारागार बसेपछि यादवले फागुन २ गते धरौटी बुझाएर रिहा भएलगत्तै सीआईवीले पक्राउ गरेको थियो । ठगिएका २८ जना पीडितले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले २० करोड ४४ लाख रुपैया बिगो र कैद सजाय माग दाबीसहित यादव विरुद्ध मुद्दा दर्ता भएपनि अदालतले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

    चर्को ब्याजमा ऋण लगाउने, ऋण दिँदा जग्गा रजिस्ट्रेसन पास नै गर्न दबाब दिने, साँवा भन्दा ब्याज बढी लिने, धीतो राखेको जग्गाजमिन फिर्ता नै नदिने लगायतका उजुरी परेपछि यादवलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको हो ।

    सर्लाहीका पीडितको समूह नै काठमाडौं आएर आन्दोलन गरेपछि उनलाई पक्राउ गरिएको थियो।

    यादव र सञ्जय रौनियारबाट १५ सय जना पीडित रहेको स्थानीयले बताएका थिए । पीडितको गुनासोपछि तत्कालिन

    प्रहरी प्रमुख सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई दुवैजनालाई पक्रेर कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए। सर्लाहीको बरहथवा नगरपालिकाको चुनावमा यादव तेस्रो भएका थिए । यादव र रौनियारले ऋण दिँदा रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा लिने गरेको भन्ने सर्लाहीका पीडितहरूले गृह मन्त्रालयमा गुनासो गरेका थिए।

    काठमाडौंमा आएका पीडितहरुले मंगलबार नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उनकै निवास खुमलटार पुगेर आफ्नो समस्या सुनाएका थिए।

    यसअघि सर्लाहीकै श्याम परदेशीले करिब ५ सय जनालाई मिटर ब्याजमा ऋण दिएर करोडौं रकम ठगी गरेको घटना सार्वजनिक भएको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार