काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३१२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।
५ हजार १०३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २५६ तथा एन्टिजेन विधिबाट ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यही अवधिमा थप ९११ जना निको पनि भएका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ०९० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनाले ज्यान पनि गुमाएका छन् । नेपालमा हालसम्म ११ हजार ९३० जनाले ज्यान गुमाइसकेका छन् ।
Leave a Reply