Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशनकाे आह्वान

    राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशनकाे आह्वान

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाइ बजेट अधिवेशनकाे आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै वैशाख २६ गते शुक्रबार दिन ४ बजे संघीय संसदका दुवै सदको अधिवेशन आह्वान गरिएको जानकारी दिएकी हुन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन आह्वान गरिएको जनाएकी हुन् ।



    संविधानमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन बोलाउने व्यवस्था छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले वैशाख २६ गते संसदको बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार