काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीलाई राष्ट्रघाती सम्झौता भएको दाबी गर्दै आएका नेकपा एमालेका नेता डा भीम रावलले राष्ट्रघाती प्रावधानप्रति आँखा चिम्लेर अघि बढ्न नहुने बताएका छन्।
बुधबार सामाजिक संजालमा ट्वीट गर्दै नेता रावलले एमसीसीसंगको सम्झौताका राष्ट्रघाती प्रावधानप्रति आँखा चिम्लेर राष्ट्रिय स्वाधीनता, अस्मिता र हितको विषयलाई पद र स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास कतैबाट हुन नहुने बताए ।
यदी त्यसो गरियो भने नेपाली जनता र इतिहासले त्यस्तो कुकर्म गर्नेहरूलाई देशप्रति गद्दारी गर्नेको कोटीमा राख्ने रावलको भनाइ छ।
रावलले लेखेका छन्, ‘एमसीसीसंगको सम्झौताका राष्ट्रघाती प्रावधानप्रति आँखा चिम्लेर राष्ट्रिय स्वाधीनता, अस्मिता र हितको विषयलाई पद र स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास कतैबाट नहोस् । त्यसो गरियो भने नेपाली जनता र इतिहासले त्यस्तो कुकर्म गर्नेहरूलाई देशप्रति गद्दारी गर्नेको कोटीमा राख्ने छन् ।’
एमसीसीसंगको सम्झौताका राष्ट्रघाती प्रावधानप्रति आँखा चिम्लेर राष्ट्रिय स्वाधीनता, अस्मिता र हितको विषयलाई पद र स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास कतैबाट नहोस् । त्यसो गरियो भने नेपाली जनता र इतिहासले त्यस्तो कुकर्म गर्नेहरूलाई देशप्रति गद्दारी गर्नेको कोटीमा राख्ने छन् ।
— Dr. Bhim Rawal (@BhimRawal179) February 23, 2022
Leave a Reply