Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ‘भारतमा रहेका नेपालीलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुन्छ’

    ‘भारतमा रहेका नेपालीलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुन्छ’

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने बताएका छन् । भारतमा लकडाउन लम्बिँदै गर्दा अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्ने विषयमा आइतबार बुसेकाे मन्त्रिपरिषद् बैठकमा छलफल भएको हाे।

    चण्डीगढमा मात्रै ११ सय नेपाली अलपत्र परेका छन् र उनीहरु नेपाल आउन चाहन्छन् । अन्यत्र पनि अलपत्र परेका नेपालीहरुको संख्या बढ्दो छ भन्ने विषयमा मन्त्रीले प्रधानमन्त्रीलाई बैठकमा रिपोर्टिङ गरे । जवाफमा प्रधानमन्त्री ओलीले अहिले त्यहाँको अवस्था गम्भीर नभएको भन्दै लोकप्रिय कुरा गरेर नहुने बताए । १२ सय मान्छे ल्याउने निर्णय गर्दा २ हजार आउने भन्दै उनले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने बताए ।



    सिमानामा रहेका मानिसलाई ल्याउन खोज्दा दिल्लीमा रहेका मानिसहरु पनि हिँड्न थाल्ने भएकाले अहिले नै भारतमा रहेका नेपालीको उद्धार सम्भव नभएको क्याबिनेटमा प्रधानमन्त्रीको विश्लेषण थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले भारतमा अलपत्र नेपालीहरुलाई के गर्ने भन्ने प्रश्न उठाएका थिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार