एजेन्सी । कोलम्बियामा २४ हप्तासम्मको गर्भपतन कार्यलाई अपराध ठहर नगरिने भएको छ ।संवैधानिक अदालतले समय सीमाभित्र गर्भपतन गर्ने महिलालाई कानुनी कारबाही नगर्ने निर्णय गरेको हो ।
सन् २००६ यता कोलम्बियामा बलात्कारको घटनामा, गर्भवती महिलाको ज्यानै खतरामा पर्ने स्थितिमा वा गर्भाधारण सम्भव नै नभएको अवस्थामा गर्भपतनका लागि वैधानिक अनुमति मिल्ने गरेको थियो ।
गर्भाधारण अधिकारका लागि आवाज उठाउँदै आएका समूहहरूले यसलाई ‘ऐतिहासिक उपलब्धि’ को संज्ञा दिँदै स्वागत गरेका छन् ।
तर आर्कविशप जोस लुइस रुएदाले क्याथोलिक चर्चले भने जन्मेदेखि प्राकृतिक मृत्युवरण नगरुन्जेल मानव जीवनको प्रतिरक्षा तथा प्रवर्द्धनका लागि निरन्तर आवाज उठाइरहने बताएका छन् ।
Leave a Reply